नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा

मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा

पाेखरा | मंसिर ६, २०८०

नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा

पोखरा:   पोखराको नागढुङ्गा स्थित एक होटलमा महिला मृत फेला परेकी छिन् । 
 

नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा विगत २ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षीय सुुकु विक युनिक होटलमा अचेत अवस्थामा गएराति फेला परेकी थिइन् । 

 

युनिक होटलमा अचेत अवस्थामा फेला परेकी सुुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । 

 

 

 

उनका अनुसार घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ ।  

 

‘हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौ, होटलमा सिसिटिभी पनि जडान नरहेछ, सुनगाभा न्यूजसँग एसपी थापाले भने,  ‘घटना संकास्पद भएकाले, ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएका छौं ।’

 

कास्की प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका घर भई विगत २ वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।

 

मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा

 

मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी थापाले बतााए ।

 

उनले होटलसञ्चालकको बयानलाई उदृत गर्दै भने, ‘ति महिला नै केटाको नाम, नम्बर नै टिपाको कुरा होटलवालाको भनाई छ । भित्र जुस र रेडबुल खाको अवस्था छ, एसपी थापाले भने, ‘संकास्पद नै छ । त्यसैले अनुसन्धान भइरहेको छ । अझ पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ ।’

 

उनले युवकसँग होटलमा गएको बारे अझै पुष्टि नभएको बताए ।

 

‘अनुसन्धान भइराछ । युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ । यदी युवक नभएको भए होटलवालाको काम हो, उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधी अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’
 

मृतक सुकुको शव पोष्टमार्टका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको कास्की प्रहरीले जनाएको छ ।
 


 

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्